काठमाडौं । गरिमा विकास बैंकले दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।
घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले गरे ।
गरिमा विकास बैंकको हालसम्म ६६ वटा शाखा र १५ वटा एटीएम संचालनमा छन । बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने योजना रहेको जनाएको छ ।
प्रतिकृया दिनुहॊस