नेपालकै पहिलो दिपल उड्ने ट्याक्सी नाडा अटो शोमा प्रधानमन्त्रीबाट सार्वजनिक हुने

काठमाडौं । भोलिदेखि सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल ‘दिपल उड्ने ट्याक्सी’ सार्वजनिक हुने भएको छ। सो ऐतिहासिक सार्वजनिकरण प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गर्दै नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत गरेको छ। यसै क्रममा दिपलको उड्ने ट्याक्सीलाई नाडा अटो सोमा प्रदर्शनीका लागि राखिने भएको हो। कम्पनीका अनुसार, यसले नेपालमा हवाई र स्थलीय यातायातको भविष्यलाई नयाँ आयाम दिनेछ।

नाडा अटो सोमा यसपटक गाडी मात्र नभई नवीनतम प्रविधिहरू पनि प्रस्तुत गरिँदैछ। एमएडब्लु वृद्धिले पहिलो पटक नेपालमै मानव आकारका ह्युमनोइड रोबोटहरू प्रदर्शनीमा राख्नेछ, जसले आगन्तुकहरूसँग प्रत्यक्ष संवाद गर्ने, गतिविधि प्रदर्शन गर्ने र मानव जस्तै व्यवहार देखाउनेछन्। कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, “नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ। यस वर्ष प्रधानमन्त्रीज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयंमा ऐतिहासिक उपलब्धि हो। उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपमार्फत हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनः परिभाषित गर्दैछौं।”

यससँगै दिपल र अवतारका फ्युचरिस्टिक इभी मोडेलहरू पनि प्रदर्शनीमा देखाइनेछन्। तीमध्ये गत साता नेपालमा धमाकेदार रूपमा सार्वजनिक भएको दिपल एस०५ एसयूभी चर्चामा छ, जसले लक्जरी, स्टाइल र प्रविधिको विशिष्ट सम्मिश्रणका कारण छोटो समयमै उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाएको छ। नाडा अटो सोमा दिपल एस०५, एस०७ आईसीए, ई०७ तथा अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा रहनेछन्। दिपलका सबै इभीहरूलाई एवान र एटु स्टलमा प्रत्यक्ष अनुभव गर्न सकिनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री