गज्जबको पिरो चाउचाउ अब ५० रुपैयाँमै नयाँ प्याकमा उपलब्ध

काठमाडौं । नेपाली उपभोक्तामाझ अत्यधिक लोकप्रिय बनेको गज्जबको पिरो चाउचाउ अब रु. ५० मा नयाँ तथा ठुलो प्याकेटमा उपलब्ध भएको छ ।

सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. द्वारा उत्पादन गरिने गज्जबको पिरो चाउचाउ कम्पनीका सर्वाधिक रुचाइएका उत्पादनमध्ये एक हो । कम्पनीका अनुसार १२० ग्रामको नयाँ प्याकेटमा उपभोक्ताले स्वादिलो कोरियन किम्ची स्वादको आनन्द लिन सक्नेछन् ।

यसअघि बजारमा उपलब्ध गज्जबको पिरो चाउचाउ रु. २० मा सानो प्याकेटमा मात्र पाइन्थ्यो । तर उपभोक्ताको बढ्दो माग र लोकप्रियतालाई ध्यानमा राख्दै ठुलो साइजको प्याकेट बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ प्याकेट अन्य चाउचाउहरूको तुलनामा अझ परिष्कृत, गुणस्तरीय र उपभोक्तामुखी रहेको दाबी गरिएको छ ।

गज्जबको पिरोले नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो उपस्थिति बनाइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री