प्रभु बैंक र अन्नपूर्ण न्यूरो हस्पिटलबीच सहकार्य, ग्राहक र कर्मचारीलाई उपचारमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरूको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले काठमाडौँको बबरमहलस्थित प्रतिष्ठित अन्नपूर्ण न्यूरो हस्पिटलसँग सहकार्य गरेको छ। दुई संस्थाबीच बिहीबार सम्पन्न एक सम्झौताअनुसार, अब बैंकसँग आबद्ध ग्राहक तथा कर्मचारीहरूले अस्पतालबाट प्रदान गरिने सबै प्रकारका स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा अस्पतालका तर्फबाट मेडिकल प्रशासक डा. शरद गजुरेल र बजार व्यवस्थापक प्रेम कुमार दाहाल तथा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रमेश कुमार श्रेष्ठ र बजार प्रबन्धक दीन चित्कारले हस्ताक्षर गरे।

सम्झौताअनुसार, प्रभु बैंकका खातावाला ग्राहक, डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूले यो सुविधा उपभोग गर्न पाउनेछन्। अस्पतालमा उपलब्ध हुने बहिरंग (OPD), अन्तरंग (IPD), शल्यक्रिया, प्रयोगशाला परीक्षण, रेडियोलोजी लगायतका सबै सेवामा यो छुट लागू हुनेछ, जसले बिरामीको उपचार खर्चमा प्रत्यक्ष राहत पुर्‍याउनेछ।

बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाका अतिरिक्त अन्य विभिन्न सुविधाहरू प्रदान गर्ने नीतिअनुसार यो सहकार्य गरेको जनाएको छ। यस सम्झौताले गुणस्तरीय स्वास्थ्य सेवालाई थप सर्वसुलभ बनाउन मद्दत पुग्ने र दुवै संस्थाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री