काठमाडौं । एशियन थाई फुड्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री प्रबन्धमा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको हो ।
यस सम्झौताले एशियन थाई फुड्स लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग हुनेछ । सभ्झौताको हस्ताक्षरमा एशियन थाई फुड्सको तर्फबाट शिवरतन शारडा (अध्यक्ष), महेश जाजु (प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक) ले प्रतिनिधित्व गरेका छन् भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रह्यो ।
हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेष्टमेन्ट्स बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।



