एनआईसी एसिया बैंककाे फेसबुक च्याटबट ‘साथी’ सञ्चालनमा

काठमाडाैं ।  एनआईसी एसिया बैंकले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा साथी नामको च्याटबट सञ्चालनमा ल्याएको छ ।

च्याटबटमार्फत बैंकका ग्राहकहरूले बैंकका बारेमा रहेका आफ्ना जिज्ञासाहरुकोे आधिकारिक जवाप प्राप्त गर्न सक्ने र यसले डिजिटल बैंकिङ्गको विकासमा बैंकलाई थप उचाई दिलाउने बैंकले जनाएको छ ।

मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले दावी गरेको छ ।

आउँदा दिनहरुमा यस्तै खालका विभिन्न विद्युतीय सेवाहरु ल्याउने योजना रहेको बैंकले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री