सेयर बजारमा १० अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.९० अंकले घटेर २ हजार ८२२.४६ विन्दुमा झरेको हो । बजार घटे पनि कारोबार रकम भने १० अर्ब रुपैयाँ नाघेको छ, जसले बजारमा बिक्री चाप उच्च रहेको संकेत गर्छ ।

आज बजारमा बिक्रेताको पूर्ण वर्चस्व रह्यो । कूल २२० कम्पनीको शेयरमूल्य घट्दा जम्मा ३० कम्पनीको मूल्य मात्रै बढ्न सक्यो, जसले लगानीकर्ताको मनोविज्ञान कमजोर रहेको देखाउँछ ।

दिनभरको कारोबारमा कूल २ करोड ५० लाख कित्ता शेयर १० अर्ब २१ करोड १ लाख रुपैयाँमा खरिदबिक्री भयो । कारोबार रकमका आधारमा शिवम् सिमेन्टले अग्रता लियो । कम्पनीको एक्लै ५३ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अधिकांश कम्पनीको शेयरमूल्य घटेको दिन रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले भने कमाएका छन् । कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री