काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा नेपाल नेशनल हस्पिटलका बजार व्यबस्थापन प्रबन्धक श्रुती राणा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि नेपाल नेशनल हस्पिटलमाउपचार गराउँदाग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने भएको छ ।
प्रतिकृया दिनुहॊस