पिज्जा हटले ल्यायो ‘अल्टिमेट पिज्जा फ्राइडे’, प्रत्येक शुक्रबार ७९९ रुपैयाँमै पिज्जा

काठमाडौं । पिज्जा हट नेपालले ‘अनलिमिटेड पिज्जा फ्राइडे’ अफर सार्वजनिक गरेको छ । यस अफरमा प्रत्येक शुक्रबार पिज्जा हटमा ७९९ रुपैयाँमै पिज्जा पाइनेछ ।

साउन २३ गतेदेखि नै देशभरका पिज्जा हटका सम्पूर्ण आउटलेटमा सुरु हुने बताइएको छ । पिज्जा हटमा सिज्लिङ सेजवान मिटबल्स, किमा मसला, चिकेन ससेज, स्पाइसी पनिर, भेजी फिस्ट र मार्गरिटा पिज्जा पाइन्छ ।

साथै, अनलिमिटेड गार्लिक ब्रेडस्टिक र पेप्सी पनि उपलब्ध हुने बताइएको छ ।

पिज्जा हटका दरबारमार्ग, बानेश्वरमा रहेको आइप्लेक्स मल, राधेराधेको भाटभटेनी, बौद्धको लविम मल, सामाखुसीको सिटी स्क्वायर मल, बुटवलको सुखनगर, विराटनगर सेन्टुरियन मल र वीरगञ्जको स्काइलाइन मल शाखामा अफर उपलब्ध हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री