काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनको खरिदमा आकर्षक ‘मल्टी-बाइ अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत, सामसङका नयाँ स्मार्टफोन खरिद गर्ने ग्राहकले ग्यालेक्सी वाच र ग्यालेक्सी बड्स जस्ता वेयरेबल उत्पादनहरूमा ३२ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
यो अफर सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका कुनै पनि स्मार्टफोनको खरिदमा लागू हुने कम्पनीले जनाएको छ । यस अफरको मुख्य उद्देश्य ग्राहकहरूलाई सामसङको प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्न प्रोत्साहित गर्नु हो, जसमा स्मार्टफोन, स्मार्टवाच र इयरबडहरूबीच सहज कनेक्टिभिटीको अनुभव लिन सकिन्छ ।
कुन स्मार्टफोनसँग के अफर ?
कम्पनीका अनुसार ग्यालेक्सी Z फोल्ड५, Z फ्लिप५, एस-सिरिजका एस२४ अल्ट्रा, एस२४ प्लस, एस२४, एस२४ एफई र एस२३ एफई जस्ता फ्ल्यागशिप फोन खरिद गर्दा ग्राहकले ग्यालेक्सी वाच८, वाच८ क्लासिक, वाच८ प्रो, बड्स३ प्रो वा बड्स३ मा तोकिएको छुट पाउनेछन् ।
त्यस्तै, ग्यालेक्सी ए५५, ए३५, एम५५, एम३५ र एम१५ जस्ता मिड-रेन्जका स्मार्टफोन खरिद गर्नेहरूका लागि ग्यालेक्सी वाच७, वाच६, बड्स एफई र बड्स कोरमा विशेष छुटको व्यवस्था गरिएको छ।
छुटपछिको मूल्यसूची
| मोडल | एमआरपी (रु) | अफर मूल्य (रु) | छुट (%) |
| वाच ८ क्लासिक | ७९,९९९ | ५९,९९९ | २५% |
| वाच ८ | ६४,९९९ | ५१,९९९ | २०% |
| वाच ८ प्रो | ५९,९९९ | ४९,९९९ | १७% |
| वाच ७ (४० एमएम) | ५४,९९९ | ४४,९९९ | १८% |
| वाच ७ (४४ एमएम) | ४९,९९९ | ३९,९९९ | २०% |
| वाच ६ | ४४,९९९ | ३५,९९९ | २०% |
| वाच एफई | ३५,९९९ | २८,९९९ | २०% |
| बड्स३ प्रो | ३९,९९९ | २५,९९९ | ३५% |
| बड्स३ | २२,९९९ | १८,४९९ | २०% |
| बड्स कोर | ७,३९९ | ४,९९९ | ३२% |
अफर कसरी प्राप्त गर्ने?
यो विशेष छुट प्राप्त गर्न ग्राहकले केही सरल प्रक्रिया पूरा गर्नुपर्नेछ:
१. सबैभन्दा पहिले सामसङको अभियान वेबसाइट https://www.samsungcampaigns.com मा जानुहोस् ।
२. वेबसाइटमा आफ्नो नजिकको रिटेलर छान्नुहोस् ।
३. रु. २,००० अनलाइनमार्फत भुक्तानी गर्नुहोस्, जुन फिर्ता हुने छैन ।
४. भुक्तानीपछि आफ्नो मोबाइलमा एक प्रमाणीकरण ओटीपी (OTP) प्राप्त गर्नुहोस् ।
५. उक्त ओटीपीसहित ७ दिनभित्र छनोट गरिएको रिटेलरकोमा गएर आफ्नो डिभाइस लिनुहोस् ।
शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा
यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङका आधिकारिक स्टोरहरूमा मान्य हुनेछ। साथै, ग्राहकहरूको सुविधाका लागि हुलास फिनसर्भ प्राइभेट लिमिटेडमार्फत शून्य प्रतिशत ब्याजदरमा सहज किस्ताबन्दी (EMI) को सुविधा पनि प्रदान गरिएको छ । यसका लागि ग्राहकले आफ्नो नागरिकताको प्रमाणपत्र मात्र प्रस्तुत गरे पुग्ने कम्पनीले जनाएको छ ।




