काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन १ लाख ९८ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर २ हजार ३ सय५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन २ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया



