नेपाल र युएईबीच एक दिवसीय क्रिकेट हुने

काठमाडाैँ । नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ।  नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का नेपाल प्रतिनिधि तथा क्यानका पूर्वप्रमुख कार्यकारी भावना घिमिरेले सिरिज आगामी माघ ९ देखि २१ गतेसम्म हुने गरी तयारी भइरहेको बताए। ‘आइसिसीले खेलतालिका सार्वजनिक गर्न बाँकी छ तर आगामी माघ ९ देखि २१ गतेसम्म प्रतियोगिता गर्ने निश्चित भइसक्यो’, उनले भने।

नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्कारण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ। युएईविरुद्धको सिरिज नेपालका लागि दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ।

आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग गत साउनमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो। जुन सिरिज बराबरी भएको थियो। दुवै देश आइसिसीबाट अन्तर्राष्ट्रिय एक दिवसीय पाउने कान्छा मुलुक हुन्। दुवै मुलुकले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बंगलादेशले उचाल्यो दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि, नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन ।

प्रतिकृया दिनुहॊस