जापान रोजगारीः उच्च प्राथमिकतामा नेपाल

काठमाडाैँ । विभिन्न देशका आप्रवासी कामदारका लागि जापानले रोजगारीको अवसर खुला गरेको छ। जापानले मंगलबारदेखि लागू गरेको नयाँ नीतिअनुसार विभिन्न स्रोत मुलुकबाट कामदार जापान जान पाउनेछन्।

जापानले तय गरेको नयाँ नीतिमा नेपाल उच्च प्राथमिकतामा परेको छ। जापान सरकारले नेपाली कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति तय गरेको छ।

यसपटक केही विशेष क्षेत्रमा जापानले कामदार लिनेछ जसमा नर्सिङ केयर, रेष्टुरेण्ट, निर्माणलगायतका क्षेत्र प्राथमिकतामा परेका छन्। कम्तीमा ३ लाख ४५ हजार १५० आप्रवासी कामदारलाई रोजगार भिसाअन्तर्गत आफ्नो देशमा भित्र्याउने जापानले लक्ष्य लिएको छ। राजधानी दैनिकमा खबर छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन्।मंगलबार …

प्रतिकृया दिनुहॊस