काठमाडौं । डोङफेङ नामीले चाडपर्व आउनुअगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा गरेको छ। अफरअन्तर्गत प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर मौकाको फाइदा उठाउन सकिने कम्पनीले जनाएको छ।
नामीले आफ्नो सेग्मेन्ट फर्स्ट फिचरहरू, बलियो रेन्ज र उत्कृष्ट मूल्यका कारण छोटो समयमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ। बोल्ड डिजाइन, लक्जरी इन्टेरियर र प्रयोग गर्न सहज प्रविधिको संयोजनले नामीलाई आधुनिक जीवनशैलीका लागि उपयुक्त ठूलो ह्याचब्याक भएको फाइभ-स्टार लक्जरी ईभी बनाएको छ।
ग्राहकको गाडी किन्ने अनुभवलाई अझ विशेष बनाउन, डोङफेङ नामीले यो गाडीलाई विशेष चाडपर्व मूल्य ३३.९९ लाख रुपैयाँमा उपलब्ध गराएको छ जुन पहिले ३४.७९ लाख रुपैयाँ थियो। चाडपर्व सुरु हुनुअघि नै अफर सुरु गरेर कम्पनीले ग्राहकहरूलाई चाडबाडको भीडभाड नपर्खीकनै उत्सव सुरु गर्ने मौका दिएको छ।
अफरमा चाडपर्व मूल्य: ३३.९९ लाख रुपैयाँ (पहिलेको मूल्य: ३४.७९ लाख) राखिएको छ। त्यसैगरी डोङफेङ नामीको देशभरका सम्पूर्ण शोरूमहरूमा यो अफर उपयोग गर्न पाइनेछ।
डोङफेङ नामीले डिजाइन, नवीनता र दैनिक व्यवहरिकताको संयोजनमार्फत नेपालमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्न अग्रणी भूमिका खेल्दै आएको छ। यो प्रारम्भिक चाडपर्व योजना मार्फत कम्पनीले यो वर्षभरिकै प्रतिक्षित समयमा प्रिमियम इलेक्ट्रिक गाडीलाई अझ धेरै नेपालीहरूका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।




