काठमाडौं । कृषि विकास बैंक लिमिटडेको चापाकोटस्थित बैंकिङ कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले आवश्यक नीति र रणनिति बनाई वित्तीय साक्षरता कार्यक्रमलाई ब्यापक रुपमा संचालन गर्ने तथा बैंकिङ्ग क्रियाकलापहरुको विकास एबं विस्तारको लागि वित्तीय मध्यस्थता सहित बैंकिङ्ग कारोवारमा ग्रामीण जनतालाई अभ्यस्त गराउन एक कार्यालय एक वित्तीय साक्षरता कार्यक्रम अनिवार्य रुपमा संचालन गर्ने नीतिगत ब्यवस्था गरेको छ ।
शाखा प्रबन्धक विश्वराज मरासिनीको अध्यक्ष्यतामा सञ्चालित कार्यक्रममा प्रमुुख अतिथिका रुपमा क्षेत्रिय कार्यलय पोखराका निर्देशक मोहदत्त शर्मा पौडेल, विशिष्ट अतिथिका रुपमा क्षेत्रिय कार्यालय पोखराका शाखा प्रमुख मोतिप्रसाद पौडेल र शाखा कार्यालय वालिङका प्रबन्धक रामकुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा चापाकोट कै समाजसेवी अगुवा हरिप्रसाद पंज्ञानी, गंगालाल मा. वि. का प्र. अ. खेमराज भट्टराई, चापाकोट वार्ड नं. ९ का वडा अध्यक्ष शंकरभत्त भण्डारी, बैकमा २०४५ साल बाट नियमित कारोवार गर्नु भएका बैकका ग्रिनकार्ड होल्डर कर्जाग्राही गिरीधारी भट्टराई अतिथिका रुपमा रहेका थिए ।
कृषि बिकास बैंकको मोवाइल बैंकिङ्ग,भिसा कार्ड र आश्वा सम्बन्धि विज्ञापन केही समय बजाएपछि औपचारिक रुपमा कार्यक्रम शुरु गरिएको थियो । प्रमुख अतिथि क्षेत्रीय निर्देशक मोहदत्त शर्मा पौडेलले ब्यानर पढेर उद्घाटन गरि कार्यक्रममा आमन्त्रित अतिथिलाई आफ्नो मन्तब्य राख्न केहि समय दिईएको थियो ।




