‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक(भिडियो)

काठमाडाैँ । दयाहाङ राई अभिनित सिनेमा ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ। क्रिसमसका अवसरमा सार्वजनिक गीतमा अभिनेता राई खुसी मुद्रामा गाडी हुइँक्याउँदै देखिएका छन्। यो सिनेमामा उनी चालकको भूमिकामा छन्।

थुप्देन भुटिया र स्निहाश्री थापाको स्वर रहेको गीतमा अनमोल गुरुङको संगीत छ भने उमेश उपमाको शब्द छ। योजना प्रधानले कोरियोग्राफी गरेको सार्वजनिक उक्त गीतको भिडियो नेपाल भारतको सिमानामा रहेको सन्दकपुरमा खिचिएको हो।

सिनेमाको शीर्ष चरित्रमा रहेका अभिनेता दयाहाङ एक पिताको भूमिका रहेका छन्। बाबु छोराको कथा वाचन गर्ने सिनेमा ‘आप्पा’ अर्को सालको जेठ २४ मा रिलिज हुँदैछ। माउन्टेन पिक्चर्स र सिनेमा आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमामा दयाहााङसहित तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ। रुदेन सादा लेप्चा निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता माबो हाङ हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री