काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको एफपीओ भोलि साउन १३ गते बिहान ९ बजे बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार बाँडफाँडको सम्पूर्ण प्रक्रिया तयार भइसकेको छ।
बैंकले सर्वसाधारणका लागि ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्काशन गर्दा, सो एफपीओमा १७ लाख ८८ हजार ९६५ जना लगानीकर्ताबाट आवेदन परेको थियो। यिनले ४ करोड ९ लाख ९८ हजार ६४० कित्ता माग गरेका थिए। मागको परिमाण ४.४३ गुणा बढी भएपछि ८ लाख ६३ हजार ९१९ जना आवेदकको हात रित्तो हुने निश्चित भएको हो।
धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार, १० कित्ताका दरले बाँडफाँड गरिनेछ। सो अनुसार ९ लाख २५ हजार ४६ जना आवेदकले सेयर पाउनेछन्। यसमध्ये ९ जनाले ११ कित्ताका दरले र बाँकीले १०–१० कित्ता पाउने छन्।
तपाईंको प्रतिकृया




