नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको ‘मेगा अफर’, तीन मोडलसहित बुकिङमा विशेष सुविधा

काठमाडौं । नेपाल अटोमोबाइल्स आयातकर्ता तथा निर्माता संघ (नाइमा) द्वारा आयोजना हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा टोयोटाले ‘टोयोटा मेगा अफर’ घोषणा गरेको छ। टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (UTS) ले साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा सहभागी हुँदै विशेष छुट योजना ल्याएको हो।

टोयोटाले एक्स्पो अवधिभर तीन लोकप्रिय मोडल – Yaris Cross Hybrid Electric, Land Cruiser 250, र अन्य प्रदर्शनमा राख्नेछ। ग्राहकले एक्स्पोको अवधिमा कुनै पनि टोयोटा सवारी बुक गरेमा ‘मेगा डिस्काउन्ट’, ‘प्लाटिनम कार्ड’ र आजीवन निःशुल्क पिकअप तथा ड्रप सेवा (Lifetime Free Pickup & Drop Service) प्राप्त गर्नेछन्।

यस्तै, स्टलमा आउने सबै आगन्तुकहरूलाई आकर्षक ‘टोयोटा गिफ्ट ह्याम्पर’ दिइने युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ। यस्ता अफरहरू एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र मान्य हुने कम्पनीले स्पष्ट पारेको छ।

टोयोटाको यो ‘मेगा अफर’ नेपाली अटोमोबाइल बजारमा विद्युतीय र हाइब्रिड सवारीको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै ल्याइएको देखिन्छ। Yaris Cross Hybrid जस्ता इको-फ्रेनड्ली मोडलको प्रदर्शनले वातावरणमैत्री सवारीप्रति ग्राहकको चासो झनै बढाउने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप