कपिलवस्तु । आफैँले चलाएको अटोरिक्साले किच्दा कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ। शिवराज नगरपालिका २ हल्लानगरमा लु१ ह ६५४ नम्बरको अटोरिक्साले किच्दा मंगलबार ३० वर्षीय ओमबहादुर नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ।
छारे (मृगी) रोगका बिरामी रहेका नेपाली सोमबार मध्यरात श्रीमतीसहित झारफुकका लागि अटोरिक्सा चलाएर हल्लानगर पुगेका थिए। झारफुकपछि फर्किंदै गर्दा एक्कासी छारे आएपछि उनी अटोरिक्साबाट खसेका थिए। अटोरिक्साबाट खसेका उनलाई पछाडिको चक्काले उनलाई किचेको थियो।
प्रतिकृया दिनुहॊस