आफैँले चलाएको अटोरिक्साले किच्दा मृत्यु

कपिलवस्तु । आफैँले चलाएको अटोरिक्साले किच्दा कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ। शिवराज नगरपालिका २ हल्लानगरमा  लु१ ह ६५४ नम्बरको अटोरिक्साले किच्दा मंगलबार ३० वर्षीय ओमबहादुर नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ।

छारे (मृगी) रोगका बिरामी रहेका नेपाली सोमबार मध्यरात श्रीमतीसहित झारफुकका लागि अटोरिक्सा चलाएर हल्लानगर पुगेका थिए। झारफुकपछि फर्किंदै गर्दा एक्कासी छारे आएपछि उनी अटोरिक्साबाट खसेका थिए। अटोरिक्साबाट खसेका उनलाई पछाडिको चक्काले उनलाई किचेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा पहिलो पटक टिकटक दर्ता, मेटा र एक्सलाई पनि सरकारको पत्र

काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहारअघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मंगलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाण पत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।

प्रतिकृया दिनुहॊस