काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (BMCV) ले १६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा आयोजित भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) को अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा प्रतिष्ठित “सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया” पुरस्कार जित्न सफल भएको छ।
यो पुरस्कार VECV का MD र CEO विनोद अग्रवालले प्रदान गर्नु भएको थियो, र VECV का अन्य अन्तर्राष्ट्रिय वितरकहरूको उपस्थितिमा BMCV का प्रतिनिधिहरू हेमन्त पुराणिक (VP – MAW Enterprises) र शान्ता राजबतास (MD – BATAS MAW Commercial Vehicles) ले यो सम्मान ग्रहण गरेका थिए।
दक्षिण एसिया, VECV का लागि एक प्रमुख अन्तर्राष्ट्रिय व्यापार क्षेत्र रहेको छ र यस क्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु BMCV को लागि एक ऐतिहासिक उपलब्धि हो। यो पुरस्कार बिक्री, बिक्रीपछिको सेवावृद्धि, बजार साझेदारी लगायतका विभिन्न मूल्याङ्कनको आधारमा VECV का १० प्रतिष्ठित विज्ञहरूको निर्णायक मण्डलले प्रदान गरेको हो।
BMCV नेपालमा भोल्भो आइसर कमर्सियल भेहिकलको बिक्री, वितरण र बिक्रीपछिको सेवाको लागि जिम्मेवार छ। विगत एक वर्षमा, BMCV को प्रदर्शन दोब्बर भएको छ, जसले यसलाई नेपालमा सबैभन्दा छिटो बढ्दो व्यावसायिक सवारी वितरकको रूपमा स्थान दिएको छ। भोल्भो आइसर कमर्सियल भेहिकलले नेपालमा सफलतापूर्वक बलियो उपस्थिति स्थापित गरेको छ, र तिनीहरूको साना, मध्यम र भारी सवारी साधनहरू नेपालको भूभागमा राम्रोसँग उपयुक्त छन्।
भोल्भो आइसरको प्रिमियम लक्जरी कोच “म्याजेस्टिक” नेपालमा तिब्र बिक्रीहुने प्रिमियम कोच बनेको छ र यसलाई देशभर उत्साहका साथ अँगालिएको छ।
यस उपलक्ष्यमा, MAW कमर्सियल भेहिकलका उपाध्यक्ष हेमन्त पुराणिकले भने, “यो अवार्ड हाम्रो टोलीको जोश र प्रतिबद्धता, हाम्रो बोर्डको अटल समर्थन र हाम्रा ग्राहकहरूको अपार विश्वासको प्रमाण हो। हामी आगामी वर्षहरूमा हाम्रो स्तर अझ माथि उठाउन कटिबद्ध छौं।”
BMCV ले आफ्ना ग्राहकहरू, टोली सदस्यहरू, बोर्ड र VECV लाई उनीहरूको निरन्तर विश्वास र साझेदारीको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछ।




