जाडोमा शरीरमा ताप उत्पन्न गर्ने खानेकुरा सेवन गर्नुहोस्। यसका लागि अण्डा, दूध र दूधजन्य पदार्थलगायत प्रोटियुक्त खानेकुरा खानुहोस्। बाहिर हिँड्दा बाक्ला कपडा लगाउनुहोस्। सवारी साधन चलाउँदा हावा भित्र नछिर्ने उनीको बाक्लो ज्याकेट लगाउनुहोस्।
दिनमा एकपटक अनिवार्य घाममा बस्ने गर्नुहोस्। घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्य सम्बन्धी अन्य फाइदा पनि हुन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
जाडो बढी नै लागेमा तेलले शरीर मालिस गर्न सकिन्छ। महमा प्रसस्त आइरन पाइन्छ। रोग प्रतिरोधात्मक क्षमता वढाउन मह सेवन गर्न सकिन्छ।
अदुवाको सेवन चिसोबाट बच्ने उत्तम उपाय हो। चिया, तरकारी जेमा सम्भव हुन्छ, अदुवा हाल्नुहोस्। यसले रुघाखोकीको जोखिमलाई समेत न्यूनिकरण गर्छ।
प्रतिकृया दिनुहॊस