वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धी र चुनौतीपूर्ण बन्दै गइरहेको छ । आर्थिक वर्ष २०८१/८२ असार मसान्तमा व्यवसाय विस्तारमा एचईआईले उल्लेखनीय सफलता हासिल गरेको छ ।

यस अवधिमा कम्पनीले कुल रु ४.०३ अर्ब प्रिमियम आर्जन गरेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकको वृद्धि हासिल गर्न कम्पनी सफल भएको कम्पनीले जानकारी दिएको छ ।

तीव्र प्रतिस्पर्धात्मक बजारमा हासिल भएको यस सफलता ग्राहकहरूको निरन्तरको विश्वास, सञ्चालन उत्कृष्टता र सम्पूर्ण कर्मचारीवर्गको निरन्तरको मिहिनेत र लगनशीलताको उपचको रूपमा बुझेको कम्पनीले जनाएको छ ।

यसैगरि समीक्षा अवधिमा कम्पनीले कुल १ अर्ब ६५ करोड कुल दाबी भुक्तानी गरेको छ । छिटो छरितो र सहज हिसाबबाट नियामकीय व्यवस्था अनुरूप दाबी फर्छ्यौट गर्दै ग्राहक सेवामा अब्बल रहन निरन्तर प्रयास कायम रहने कम्पनीले जनाएको छ ।

वार्षिक उपलब्धि हासिल गरेपछि भिडियोमार्फत सबैलाई सम्बोधन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले यो उपलब्धिले नयाँ ऊर्जा, आशा र आत्मविश्वास मिलेको उल्लेख गरेका छन् ।

यो सबैका लागि नयाँ बेन्चमार्क हुने जसलाई आधार मानेर थप उचाइमा पुग्ने अपेक्षा गरेको बताए । अबको आर्थिक वर्षमा कम्पनीले ग्राहक सन्तुष्टि र सम्बन्ध सुदृढीकरणलाई निरन्तरता दिँदै डिजिटाइजेसन र प्राविधिक आधुनिकीकरणलाई प्राथमिकता दिएको जानकारी दिए ।

प्राकृतिक प्रकोप लगायतका कारणबाट भएको क्षतिको दाबी फर्छ्यौट विशेष प्राथमिकतामा रहने कम्पनीले जनाएको छ । यी चुनौतीहरुकाबीच पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले देशका उत्कृष्ट निर्जीवन बीमा कम्पनीहरूमा आफ्नो स्थान निरन्तर सुरक्षित राख्न सफल भएको छ ।

वित्तीय चुनौतीका बाबजुद पनि एचईआईले समयमै दाबी भुक्तानी गर्न र निरन्तर दाबीलाई सुधार गर्न सफल भएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री