काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनलाई फराकिलो अन्तरमा हराएको छ । गएराति भएको खेलमा टोटनह्याम ६–२ ले विजयी भयो ।
एभर्टनलाई उसैको मैदानमा हराउन टोटनह्यामका लागि सन हिउङ मिन र ह्यारी केनले २–२ गोल गर्दा डेले अली र क्रिश्चियन एरिक्सनले एक–एक गोल थपे ।जितसँगै टोटेनह्याम हट्सपरले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको दूरीलाई २ अंकमा झारेको छ । १८ खेलबाट टोटनह्यामको ४२ अंक छ ।
म्यान्चेष्टर सिटीको ४४ अंक छ भने ४८ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । टोटनह्याम अब चौथो स्थानको चेल्सी र पाँचौ स्थानको आर्सनल भन्दा पाँच अंकले अगाडि छ ।
प्रतिकृया दिनुहॊस