काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थपेको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले नेतृ झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप सात दिनको समय दिएको हाे ।
उपाध्यक्ष प्रकाश ज्वालाले समय थपिएका खुलाएका छन् । ‘सात दिन समय दिएका छौं । चित्तबुझ्दो जवाफ नआए थप निर्णय हुन्छ । अधिकांशले पार्टीबाटै हटाउनुपर्ने धारणा राखेका छन् । पछि हट्ने ठाउँ छैन’, उनले भने ।
ज्वालाले अबदेखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टीपंक्तिलाई भ्रम छर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित सात दिनभित्र पार्टीमा लिखित आत्मआलोचना गर्ने गरी निर्देशन दिने निर्णय भएको बताएका छन् । बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्काशनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना गर्ने मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए ।
तपाईंको प्रतिकृया




