काठमाडाैं । लक्ष्मी सनराइज बैंकले स्मार्ट फोन लोन लिएर फरार रहेको ऋणहरुको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ। २०६१ सालदेखि यताका ५३ जना ऋणीको तीनपुस्ते विवरणसहित सूचना जारी गर्दै बैंकले ३५ दिनभित्र ऋण तिर्न निर्देशन दिएको हो।
बैंकले दिएको मितिमा ऋण चुक्ता गर्न नआउने ऋणीहरुलाई कालोसूचीमा राखिने समेत जनाएको छ। बैंक दिएको अवधि समाप्त भएसँगै ऋण तिर्न नआउने ऋणीहरुबाट कर्जा असुल्नका लागि कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने र ऋणीबाट ऋण असुल नगरुन्जेलसम्म कालोसूचिबाट नहटाउने उल्लेख गरेको छ।
कालोसूचीमा परेका ऋणीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन पाउँदैनन्।
तपाईंको प्रतिकृया




