रवि लामिछानेको पक्षमा कलाकर्मी, हस्ताक्षर अभियानमा ऐक्यबद्धता

काठमाडौं । सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि राजनीतिक र कानुनी दबाबमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा नेपाली कला क्षेत्रले ऐक्यबद्धता जनाएको छ। लामिछानेमाथि निष्पक्ष छानबिन हुनुपर्ने र उनलाई काम गर्ने वातावरण दिनुपर्ने मागसहित रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा चर्चित कलाकार तथा निर्देशकहरूले उत्साहजनक सहभागिता जनाएका छन्।

शुक्रबार राजधानीका दुई स्थानमा आयोजित हस्ताक्षर संकलन कार्यक्रममा कलाकर्मीहरूको बाक्लो उपस्थिति रह्यो। वनस्थलीको घडीघर र नागपोखरीस्थित एक रेस्टुरेन्टमा पुगेर वरिष्ठ कलाकारहरू रामचन्द्र अधिकारी, राजाराम पौडेल, अभिनेता तथा निर्देशक खगेन्द्र लामिछाने, निर्देशकद्वय अशोक शर्मा र दीपेन्द्र के. खनाल, लोकप्रिय गायक खेम सेन्चुरीलगायतले हस्ताक्षर गरे। यसअघि नै अभिनेता रमेश उप्रेती, विपिन अधिकारी जस्ता कलाकारले अभियानमा समर्थन जनाइसकेका छन्।

कलाकारहरूलाई एकत्रित गर्न लामिछानेकी पत्नी तथा चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल आफैँ सक्रिय रूपमा लागेकी थिइन्। उनको सक्रियताले कला क्षेत्रका हस्तीहरूलाई अभियानमा जोड्न सहज भएको बताइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री