फोटोनका सय बढी टीएम१ गाडी नेपाली सडकमा, कम्पनीले मनायो उत्सव

काठमाडौं । फोटोन ब्रान्डको टीएम१ ईभीले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएको छ।

नेपाली व्यवसायीहरूबीच टीएम१को बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई केक काट्ने कार्यक्रममार्फत उल्लासपूर्वक मनाइएको बिक्रेता एमएडब्लु ग्रुपले जनाएको छ।

ग्रुपका प्रबन्धनिर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार टीएम१ आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ। चाहे ताजा तरकारी बजारमा पुर्‍याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टीएम१ को भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकताअनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ।

व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनोट गर्न सहज बनाउने गरी टीएम१ दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ। सीएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमि एनईडीसी रेन्ज प्रदान गर्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री