काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक ०.२२ अंकले घटेर दुई हजार ६००.५३ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कारोबार रकम पनि घटेको छ । आज कूल १ करोड ३८ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ कम्पनीको मूल्य घटेको छ।
आज सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । सो कम्पनीको मात्र २७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
तपाईंको प्रतिकृया




