काठमाडौँ । हास्यव्यङ्ग्य कलाकार सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड’ नियुक्त भएका छन्। अल्फा अटोमोटिभ प्रा.लि.ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीलाई रोयल इनफिल्ड सो महत्वपूर्ण भूमिकामा नियुक्त गरिएको जानकारी गराएको हो ।
विगत दुई दशकदेखि नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय रहँदै आएका क्षेत्रीलाई कम्पनीले मोटरसाइकलप्रतिको गहिरो लगाव, सादगीपूर्ण जीवनशैली र प्रेरणादायी व्यक्तित्वका कारण ‘फेस अफ रोयल इनफिल्ड’को रूपमा रोजेको जनाएको छ।
‘हामी सन्दीप क्षेत्रीलाई हार्दिक स्वागत गर्दै उहाँसँगको सहकार्यले नयाँ ऊर्जा, नवीन सोच तथा प्रेरणादायी अभियानहरू लिएर आउने विश्वास व्यक्त गर्दछौं,’ रोयल इनफिल्ड नेपालकी मार्केटिङ मेनेजर प्रेक्षा लम्सालले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
यो सहकार्यबाट रोयल इनफिल्डको शैली, परम्परा र भावना अझ प्रभावकारी रूपमा आम नेपालीसमक्ष पुर्याउने कम्पनीको लक्ष्य छ।




