सामान्य अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब ४७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) हरियोमा बन्द भएको छ। सामान्य सुधार देखिएको आजको कारोबारमा नेप्से परिसूचक ४.७८ अंकले वृद्धि भई २,६००.७८ विन्दुमा पुगेर बन्द भएको हो।

सूचकले सकारात्मक संकेत दिइरहे पनि समग्र कारोबार रकम भने घटेको छ। कुल १ करोड ७५ लाख कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँमा सीमित रह्यो।

आज शेयरमूल्यको उतारचढाव उल्लेखनीय देखिएको छ। नेप्सेका अनुसार १२३ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने १२४ कम्पनीको शेयर घटेको छ। एक कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो।

जोशी हाइड्रोपावरका लगानीकर्ताहरूका लागि आजको दिन फाइदाजनक रह्यो। कम्पनीको शेयरमूल्य झन्डै १० प्रतिशतले उकालो लागेको हो। यता, कारोबारको हिसाबले राद्यी विद्युत् कम्पनी अग्रस्थानमा रह्यो, जसको एक्लै ५२ करोड १८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री