काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बढीसहित एक भारतीय नागरिक पक्राउ परेकी छन् । ५३ वर्षीया खेमानी मिना सुजित सिंह पक्राउ परेकी हुन् ।
उनलाई मंगलबार राति एक किलो १६० ग्राम सुनसहित पक्राउ गरिएको हो । उनी सारजाहबाट एयर अरेबियाको उडानमार्फत् मध्यराति नेपाल आइपुगेकी थिइन् ।
चेकिङको क्रममा सुन फेला परेपछि उनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । ‘उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने काम भइरहेको छ,’ एसएसपी राठौरले भने ।
तपाईंको प्रतिकृया




