इरान र इजरायलबीचको युद्ध रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । इजरायल–इरान युद्ध अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । समाजले बुधबार काठमाडौंस्थित इजरायल दूतावास र इरानी वाणिज्य दूतावासअगाडि प्रदर्शन गरेको हो ।

समाजका सभापति रेनुका पौडेलले इजरायली दूतावासअगाडि आधा घण्टा र इरानी वाणिज्य दूतावासअगाडि पनि आधा घण्टा प्रदर्शन गरिएको जानकारी दिइन् । उनले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताइन् ।

‘संसारको जुनसुकै कुनामा भएको युद्ध पनि हामी चुप लागेर बस्न सक्दैनौँ । इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनु पर्छ भन्ने आग्रहसहित प्रदर्शनमा छौं’, उनले भनिन् ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानव अधिकारलाई सम्मान गर्नुपर्ने बताए । उनले इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताए । युद्ध रोक्न संयुक्त राष्ट्रसंघसहित शक्तिशाली राष्ट्रहरू निरीह देखिएको उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री