साताको दोस्रो दिन शेयर बजार हरियो

काठमाडाैं ।  साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) हरियो देखा परेको छ। सूचक सामान्य अंकले उकालो लाग्दै २.८० अंकको वृद्धिसँगै २,६५८.६६ विन्दुमा पुगेर दिनको कारोबार बन्द भएको हो।

शेयर बजारमा आज कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। नेप्सेले दिएको जानकारी अनुसार कूल ३ करोड ३६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार १३ अर्ब १८ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

आजको दिन मिश्रित प्रवृत्तिको रह्यो—१२४ कम्पनीको शेयरमूल्यमा वृद्धि देखिएको छ भने उस्तै संख्याका कम्पनीको मूल्यमा गिरावट आएको छ।

यता, पियोर इनर्जी डेभलपमेन्ट र पिपुल्स पावर लिमिटेडका शेयरहरूमा सकारात्मक सर्किट लागेको छ, जुन बजारको उत्साहजनक संकेत मानिन्छ।

दिनभरको कारोबारमा सबैभन्दा अगाडि सानिमा माइ हाइड्रोपावर रह्यो। उक्त कम्पनीको मात्रै ९५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ, जसले बजारको ध्यान केन्द्रित गर्‍यो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री