लुम्बिनी टेक्नोलोजिकल युनिभर्सिटी र क्यान महासंघबीच सहकार्य

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसीटी) क्षेत्रमा नवप्रवर्तन र शैक्षिक सहकार्य प्रवर्द्धन गर्न लुम्बिनी टेक्नोलोजिकल युनिभर्सिटी र क्यान महासंघबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। जेठ २६ गते नेपालगञ्जमा सम्पन्न कार्यक्रममा सार्वजनिक गरिएको उक्त समझदारी अनुसार अब यी दुई संस्थाले संयुक्त रूपमा सूचना प्रविधि शिक्षाको स्तरीय विकास, अनुसन्धान तथा उद्योगसँगको सहकार्यमा काम गर्ने भएका छन्।

क्यान महासंघ नेपालका सूचना प्रविधि क्षेत्रको छाता संस्था हो भने लुम्बिनी टेक्नोलोजिकल युनिभर्सिटी नेपालगञ्ज, बाँकेस्थित एक सार्वजनिक प्रविधि विश्वविद्यालय हो। दुबै संस्थाले नेपालमा नवप्रवर्तन प्रवर्द्धन गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र शिक्षाक्षेत्रलाई उद्योगसँग जोड्ने साझा उद्देश्यसहित सहकार्य सुरु गरेका हुन्।

उक्त समझदारीअन्तर्गत निम्न मुख्य क्षेत्रहरूमा सहकार्य गरिने छ :-

  • संयुक्त कार्यक्रम तथा इभेन्टको आयोजना
  • विद्यार्थीहरूका लागि इन्टर्नशिप र उद्योग अवलोकनको अवसर
  • सहकार्यमा आधारित अनुसन्धान र नवप्रवर्तन
  • सूचना प्रविधि क्षेत्रमा नीतिगत सुझाव तथा पैरवी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री