काठमाडौं । अनरले आफ्नो नयाँ स्मार्टफोन सिरिज ‘अनर ४०० ५जी’ विश्वको सर्वोच्च शिखर सगरमाथाबाट सार्वजनिक गरेको छ। ‘अनरको एआई शिखरमै, संसारको शिखरमै’ भन्ने नारासहित गरिएको यो लञ्च कार्यक्रमले नवप्रवर्तनको सन्देश दिनुका साथै आफूहरुको साहसिक सोच र प्रविधिको सीमालाई तोड्न खोज्ने दृष्टिकोणलाई समेत उजागर गरेको कम्पनीले जनाएको छ ।
अनर ४०० ५जी सेरिजले प्रयोगकर्तालाई अत्याधुनिक सुविधा दिने प्रतिबद्धता गरेको छ। स्टाइलिश डिजाइन, उच्चस्तरीय क्यामेरा र शक्तिशाली एआई फिचरहरू समेटिएको यो स्मार्टफोनले जुनसुकै उचाइमा पनि भरपर्दो प्रदर्शन गर्न सक्षम रहेको कम्पनीले दाबी गरेको छ।
उक्त स्मार्टफोनमा २०० मेगापिक्सेल क्षमताको अल्ट्रा-क्लियर एआई क्यामेरा जडान गरिएको छ। यसमा ‘AI Image to Video’, ‘AI Portrait Snap’, ‘AI Remove Reflection’, ‘AI Eraser’, ‘AI Super Zoom’, ‘AI Outpainting’ तथा ‘AI Upscale’ जस्ता अत्याधुनिक फिचरहरू उपलब्ध छन्, जसले मोबाइल फोटोग्राफीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
यसमा ६००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले लामो समयसम्म टिकाउ शक्ति प्रदान गर्ने कम्पनीको भनाइ छ । त्यस्तै, १०० वाटको फास्ट चार्जिङ सपोर्टले केही मिनेटमै फोन चार्ज गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ।
यसैबीच काठमाडौंको हिल्टन होटलमा आयोजित अर्को एक पत्रकार सम्मेलनमार्फत सेलट्रन नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल राठीले उक्त सिरिजको प्रि-बुकिङ घोषणा गरेका छन् । उनले स्मार्टफोनको पहिलो बिक्री आगामी असार २ गतेबाट सुरु हुने जानकारी समेत दिए । प्रि-बुक गर्ने ग्राहकहरूलाई विशेष उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।




