भाडा बढाएका छैनौं, अफलाइन राइडदेखि होसियार : पठाओ

काठमाडौं । सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरू आइरहेको बेला राइड सेयरिङ कम्पनी पठाओ नेपालले पठाओ मोबाइल एपमा नियमित शुल्क बाहेक कुनै पनि वृद्धि नभएको बताएको छ ।

कम्पनीले यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न पठाओले राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताइएको छ । पठाओले आफ्नो सामाजिक सन्जालमार्फत यो जानकारी गराएको हो ।

साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका लागि अफलाइन यात्रा नगर्न यात्रुहरूलाई अनुरोध गरेको छ । अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ । अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ ।

पठाओले केही समस्या पर्दा २४सै घण्टा पठाइओको कल सेन्टरको नम्बर ०१-५९७००९९ मा सम्पर्क गरि पठाओ राइडसम्बन्धी गुनासो र उजुरी गर्न सक्ने बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री