टिप्परको ठक्करबाट एक जनाको मृत्यु

बाँके । टिप्परको ठक्करबाट बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको ज्यान गएको छ ।  नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नंको टिप्परको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको ज्यान गएको हो ।

घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको टिप्परले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । चालक गेरुवा गाउँपालिका–३ का ३५ वर्षीय सुनील चौधरीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप