नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नदीमा गिट्टी बालुवा निकाल्न बनाइएको अस्थायी बाँध अकस्मात भत्किँदा उनीहरू नदीको टापुमा फसेका थिए । उनीहरू नदीको बीचमा फसेको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको थियो । टोलीले बोटको सहायताले सबै २२ जनालाई सुरक्षित रूपमा बाहिर निकालेको हो ।

यसै क्रममा गिट्टी बालुवा ओसार्न प्रयोग गरिएको एउटा टिपर भने बाँध भत्किएको स्थानमा डुबेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री