मानवअधिकार आयोगले भन्यो- प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राजावादीको आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ । प्रवक्ता टीकाराम पोख्रेलले निकालेको विज्ञप्तिमा आयोगले प्रधानमन्त्री ओलीको अभिव्यक्ति चिन्ताजनक भन्दै उत्तेजित अभिव्यक्ति नदिन भनेको छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौँमा जनआन्दोलन शुरू गर्ने घोषणा गरेको छ । त्यही कार्यक्रमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले हिजो आयोजित एक कार्यक्रममा जेठ १५ गते काठमाडौँ एमालेको कब्जामा हुनुपर्ने बताएका थिए ।

प्रधानमन्त्रीबाट आएका यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्य-मान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ । आयोगले अभिव्यक्ति दिँदा संयमित हुन, नकारात्मक टिप्पणी नगर्न र सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रमा शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह गरेको छ । यस्तै राजतन्त्र पक्षधर संयुक्त जनआन्दोलन समितिको आन्दोलनको अनुगमन गर्न पनि अनुरोध गरेको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री