बसुन्धरामा स्कुटर दुर्घटना : किशोरीको मृत्यु

काठमाडौं । काठमाडौँको बसुन्धरामा स्कुटर दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदल यात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौंको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री