काठमाडौं । एनएमबि बैंक लिमिटेडले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) का सदस्यहरूलाई लक्षित गर्दै विशेष वित्तीय सेवा प्याकेज घोषणा गरेको छ। बैंक र एक्यानबीच हालै सम्पन्न सम्झौतामा यस्तो सेवा ल्याउने प्रतिबद्धता गरिएको हो।
एनएमबि बैंकले आफ्नो समावेशी, मूल्य आधारित र पेशागत समुदायमैत्री बैंकिङ दृष्टिकोणलाई सुदृढ बनाउने उद्देश्यले चार्टर्ड एकाउन्टेन्ट्सलाई वित्तीय सुविधा प्रदान गर्ने बताएको छ। सम्झौता पश्चात एक्यान सदस्यहरूले कर्जा लिँदा प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, डिजिटल कार्ड सेवा, प्राथमिक बैंकिङ सुविधा लगायतका सुविधा पाउने छन्।
एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो।
तपाईंको प्रतिकृया




