काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्ना १०० रुपैयाँ अंकित दरका कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । हकप्रद शेयरको बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गर्नेछ ।
तपाईंको प्रतिकृया




