करिब ८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ७.९४ अंकले घटेर दुई हजार ६६९.५१ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, आज कारोबार रकम भने बढेको छ । आज कूल २ करोड ३० लाख कित्ता शेयर खरिद–बिक्री हुँदा १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज ९३ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५३ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

त्यसैगरी, ओम मेगाश्रीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार राद्यी विद्युत कम्पनीको भएको छ। सो कम्पनीको मात्र ७१ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री