काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नको लागि अन्तरबैंक टेलर क्युआर सेवा सुरुवात गरेको छ ।
उक्त सेवा अन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्युआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् । सो सेवाको सुरुवातबाट ग्राहकहरूले परम्परागत रुपमा चेक तथा एटिएमको प्रयोग मार्फत रकम झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने छ ।
यस सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन् । यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुङ्गा , कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरु गरी निकट भविष्यमा देश भरीकै शाखामा बिस्तार गरिने छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ ।
बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तर देशीय क्युआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ ।
त्यसै गरी मोबाइल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगायतका अन्य कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।




