विराटनगर । नेपाल-इन्डिया क्रस-बाेडर स्याम्पाेजियम ‘अवसर र चुनाैति’ विषयमा बुधबार विराटनगरमा एक कार्यक्रम सम्पन्न भएकाे छ ।उक्त कार्यक्रममा सहभागी वक्ताहरूले प्रदेश नं १ मा कृषि-पर्यटन जलविद्युत् क्षेत्रको ठूलो सम्भावना रहेकेा र त्यसमा नेपाली तथा भारतका लगानीकर्ताहरुले संयुक्तरुपमा लगानी गरी आर्थिक उन्नति गर्न सकिने धारणा व्यक्त गरेका छन् ।
उक्त अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो क्षेत्र आर्थिक रुपले धेरै प्रगति गर्ने सम्भावना भएकाे प्रदेश भएको हुनाले नेपाल उद्योग वाणिज्य महासंघ, भारत सरकारसँग मिलेर काम गर्न चाहेकाे बताए । नेपाल उद्योग वाणिज्य महासङ्घले प्रदेश नम्बर १ सरकारसँग हातेमालो गरेर काम गर्न तयार भएकाे बताए ।
देशको कुल ग्राहस्थ उत्पादनमा प्रदेश नं १ ले १७.५ प्रतिशत योगदान गर्छ। जसमा कृषि क्षेत्रको २१.५ प्रतिशत, उद्योग क्षेत्रको १६.८ र सेवा क्षेत्रको १३ प्रतिशत रहेकाे उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले नेपाल-इन्डिया क्रस-बाेडर स्याम्पाेजियम कार्यक्रम अत्यन्त महत्वपूर्ण भएकाे र यसले दुई देशका व्यवसायको लगानी गर्ने वातावरण सुधार्न व्यापार बढाउन सघाउ पुर्याउने कुरा बताइन् ।
उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मान्दिर सिंह पुरीले प्रदेश नं १ नजिक भारतको तीनवटा राज्य जस्तै सिक्किम, विहार र वेस्ट बंगाल भएकोले आर्थिक उन्नतिको लागि ठूलो अवसर भएको भए । यस क्षेत्रको विकासको लागि भारत धेरै सकारात्मक भएको उनले बताए ।
अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष किशोर प्रधानले यसक्षेत्रमा व्यवसायले विभिन्न समस्या पनि व्यहोरिरहेको र दुई देशको बीचमा राम्रो सम्बन्ध विकास गरी समस्या समाधान गर्न अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश नम्बर १ काे सरकार, निजी क्षेत्र, भारतीय पक्ष सबैले यस क्षेत्रकाे विकासमा साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तपाईंको प्रतिकृया




