काठमाडाैं । प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स / मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सहमतिपत्रले प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा उच्चस्तरीय सेवाको व्यवस्था गर्नेछ ।
समझदारीपत्रमा प्रभु बैंक लिमिटेडकी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स / मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द केसीले औपचारिक रूपमा हस्ताक्षर गरे ।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले निम्न विशेष सुविधा प्राप्त गर्नेछन्ः-
- खानपान सेवामा १० प्रतिशत छुट
- केबलकार टिकटमा २० प्रतिशत छुट
- आवास सेवामा १० प्रतिशत छुट तथा केबलकार यात्रा निःशुल्क
यस सम्झौताले प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकार लिमिटेडबीच औपचारिक सहकार्यको नयाँ युग प्रारम्भ गरेको छ । उक्त सहकार्यले ग्राहकहरूलाई न केवल गुणस्तरीय सेवा प्रदान गर्नेछ, तर उच्चस्तरीय जीवनशैली अनुभव गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ ।
प्रभु बैंक, जुन हालसालै प्रतिष्ठित “बैंक अफ द इयर २०२३” उपाधिबाट सम्मानित भएको छ, देशभर ३११ शाखा कार्यालय, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । अत्याधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिस्पर्धी रुपमा अघि बढिरहेको प्रभु बैंकले हालै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्ड समेत प्राप्त गरेको छ।




