शान्तिश्री र गौरवको ‘लजाउने हैछौनी’

काठमाडौं । शान्तिश्री परियार र गौरव गिरीको स्वरमा रहेको गीत ‘लजाउने हैछौनी’ सार्वजनिक गरिएको छ । गिरीकै शब्द, रोहित देउवाको संगीत, विसम आचार्यको एरेञ्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गौरवकै निर्देशन रहेको गीतको भिडियोमा मिस पवि, दीपा शाही र राजेश नाथको अभिनय छ । नुवाकोटका विभिन्न रमणीयस्थानमा छायांकन गरिएको गीतको भिडियोमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

सञ्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, श्याम कुँवरको दृश्य सम्पादन छ । गीतको भिडियो रिदम भिआइडीबाट बजारमा आएको हो । गीतले देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्दत पुर्‍याउने निर्देशक गिरीले विश्वास लिनुभएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री