स्मार्ट च्वाइस र सालपा विकास बैंकबीच एससीटी-यूपीआई कार्ड जारी गर्ने सम्झौता

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सालपा विकास बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ। यही वैशाख २३ मा स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता भएको हो।

स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात सालपा विकास बैंकका ग्राहकहरूका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको छ र ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससीटी–यूपीआई कार्ड लिन सक्ने प्रयत्न गरिएको कम्पनीहरुले बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप