चक्रपथमा चल्ने मोनोरेल ३ वर्षमा नै बन्ने

काठमाडौं । काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनोरेल ३ वर्षमा बनाउन सकिने निष्कर्ष एक अध्ययनले निकालेको छ । मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको सो निकर्ष निकालेको हो ।

गत भदौ २८ गतेदेखि चिनियाँ कम्पनी सिआरसिसीले मोनोरेलको सम्भाव्यता अध्ययन गरेको थियो । ६ महिनाको समय दिइए पनि तीन महिनामै उसले सम्भाव्यता अध्ययन पूरा गरेको हो । ३ वर्षमा बनाउन सकिने मोनोरेलका लागि १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने कम्पनीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा स्टेशन रहने गरी निर्माण सम्पन्न गर्न सकिने देखाएको छ ।यसैबीच तीन महिनाको कसरतपछि काठमाडौं र ललितपुर महानगरपालिकाले मोनोरेलको सम्भाव्यता अध्ययन प्रतिवेदन स्वीकृत गर्दै विस्तृत परियोजना प्रतिवेदन डिपिआरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रमबीच काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र चीनको चाइना रेल वे २५ औं ब्यूरो ग्रुप कम्पनी सिसिआरसीका ओरभसिज बिजनेस म्यानेजमेन्ट विभागका प्रमुख झ्यू ग्वाङविङले सहमतित्रमा हस्ताक्षर गरेका हुन् । सम्भाव्यता अध्ययनका लागि गत वैशाख २० गते आशयपत्र बुझाएको कम्पनीसँग महानगरले जेठ ११ गते सम्झौता गरेको थियो ।

सम्झौता बमोजिम छ महिनाको समय दिइए पनि तीन महिनामै कम्पनीले प्रतिवेदन बुझाएको थियो । चुनावी घोषणपत्रमै मोनोरेल निर्माणको योजना अघि सारेका काठमाडौं महानगरका मेयर शाक्यले सबैको सपनाको रूपमा रहेको मोनोरेल निर्माणमा सबैको साथ आवश्यक रहेको बताए ।

डिपिआरमा माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन, मोनोरेलको डिजाइन, प्राविधिक एंव निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनको चरण र लाभ विश्लेषण हुनेछ । डिपिआरको तयार गर्दाको लागत सिसिआरसीले नै व्यहोर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री